News Portal

ओली कम्बोडिया प्रस्थान, ईश्वर-सुवासले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी

रातोपोस्ट संवाददाता
१८५ पटक

काठमाडौं, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। गएराति कम्बोडिया गएका ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको हो।

अध्यक्ष ओलीको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलललाई कार्यवाहक अध्यक्ष र संसदीय दलका उपनेता सुवास नेम्बाङलाई दलको कार्यवाहक नेताको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्