News Portal

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

रातोपोस्ट संवाददाता
३५५ पटक

वीरगञ्ज, १० साउन । बाराको सिम्रौनगढस्थित आफ्नै ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन्। उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बुधबार बिहान दुई बजे श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारबाट घाँटी रेटी अन्सारीले हत्या गरेका थिए। घरका सदस्यले होहल्ला गरेपछि छिमेकीहरू आई ढोका खोलेर हेर्दा युवक हत्या गरी त्यही बसेका थिए। छिमेकीहरूले युवकलाई समाती प्रहरीलाई बुझाएका छन्।

भारत बिहार ढाका थाना अन्तर्गत रुपौलिया गाउँ निवासी उनको सात वर्ष पहिले आशमिना खातुनसँग बिहे भएको थियो।घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्