News Portal

मेचीनगरमा बन्दैछ बृहत देवर्षि आश्रम

रातोपोस्ट संवाददाता
२१२ पटक

मेचीनगर, २० साउन । वृहत योजना अघि सारेर मेचीनगर–७ मोहनकित्तामा देवर्षि आश्रम निर्माण प्रक्रिया अघि बढाइएको छ । आश्रम जोरसिमलबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ । देवर्षि आश्रममा देवालय, यज्ञशाला, भजनहल, आश्रम गृह, धर्मशाला, देवपोखरी, गौशाला बनाउने बृहत लक्ष्य राखिएको छ ।

गुरु यदुराम खनालको परिकल्पनामा मेचीनगर–७ मा ५ कट्ठा जमिन खरिद गरिएको छ । उनैको अगुवाइमा भौतिक संरचना निर्माणका लागि सबैसँग सहयोगको आह्वान गरिएको छ । उनले सबै दानवीरहरुबाट आर्थिक सहयोगको अपेक्षा पनि गरेका छन् ।

आज (शनिबार) आश्रम समितिको प्रथम साधारण सभा सम्पन्न समेत भएको छ । देवर्षि यदुनाथ खनालको अध्यक्षतामा समिति बनेको हो । समितिको उपाध्यक्षमा लेखनाथ धिताल, सचिवमा खेमप्रसाद दाहाल, सहसचिवमा पुर्णबहादुर कार्की र कोषाध्यक्षमा बिमला सुनुवार चयन भएका छन् ।

समितिको सदस्यमा डोलप्रसाद कोइराला, पदमबहादुर बस्नेत, आरती पौडेल, बिकास पराजुली, दुर्गा खड्का र अम्बीका अधिकारी छन् । कार्यक्रममा पूर्वीय दर्शन प्रतिष्ठान विर्तामोडका महासचिव रामकृष्ण ढकाल प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर–७ का वडाध्यक्ष प्रलाद ओली, चन्द्र खनाल लगायतको आतिथ्यता रहेको थियो । सचिव खेमप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत लेखनाथ धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्