News Portal

सुतेको ठाउँमा सर्पले डस्दा एक बालकको मृत्यु

रातोपोस्ट संवाददाता
४११ पटक

सर्लाही, २२ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको हो ।

श्रीनगरस्थित मामाघरमा बस्दै आएका नुरसैद्दलाई शनिबार राति अन्य बालबालिकासँगै सुतेको ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन् । बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि उनको जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्