News Portal

मेचीनगरमा भोलीबाट इण्डो–नेपाल कराते प्रतियोगिता

नवराज सुवेदी
२२२ पटक

मेचीनगर । मेचीनगरमा इण्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार)बाट ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ आयोजना हुने भएको हो ।

प्रतियोगिता भदौ १६ र १७ गते (भोली र पर्सी) काँकरभिट्टा स्थित टाउनहलमा आयोजना हुँदैछ भने प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु आउने भएका छन् । कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन छन् भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी छन् ।

कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु)का अनुसार प्रतियोगिता आयोजनाका लागि १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि अधिकांश खेलाडीहरु काँकरभिट्टा आइसकेका छन् भने केहि खेलाडीहरु आउने क्रममा रहेको कार्यक्रमका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा लगायतका स्थानबाट खेलाडीहरु आइसकेका छन् । नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका स्थानबाट भने खेलाडीहरु आउने क्रममा छन् ।

प्रतिकृया दिनुहोस्