News Portal

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाद्वारा रङ्गशालाको अनुगमन

रातोपोस्ट संवाददाता
१३८ पटक

सुर्खेत, १६ भदाै । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गरेका छन् । अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपण समेत गरेका थिए । रङ्गशालाको काम यति बेला धमाधम भइरहेको र लक्ष्य अनुसार नै सम्पन्न गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

मन्त्री ज्वालाले रङ्गशालालाई प्रदेश सरकारले एउटा ड्रिम प्रोजेक्टका आधारमा अघि सारेको बताए । ‘म प्रदेशको अर्थ मन्त्री हुँदा पहिलो पटक १० करोड रकम विनियोजन भएको थियो,’ ज्वालाले भने,‘ प्रदेश सरकारले यसलाई आवश्यक बजेट व्यवस्था गरेर बढाएकोमा गर्व लागेको छ ।’

कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको संरचना बनेकोमा उनले प्रदेश सरकार र परिषद्लाई धन्यवाद समेत दिए । साथै सङ्घीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पहल गरिने पनि उनको भनाइ थियो ।

रङ्गशालाको काम करिब ६५ प्रतिशत भन्दा बढी भइसकेको छ । बिहीबार समाजवादी मोर्चाको कार्यक्रमका सहभागी हुन आएका मन्त्री शर्मा शनिवार दिउँसो काठमाडौँ फर्कने बताइएको छ ।

प्रतिकृया दिनुहोस्