News Portal

बालेनले फेसबुकबाट हटाए ‘सिंहदरबार जलाउने’ स्टाटस

रातोपोस्ट संवाददाता
४६९ पटक

काठमाण्डौ, १८ भदाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाएका छन । चौतर्फी आलोचना भएपछि उनले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाएका हुन ।

शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । सामाजिक सञ्जालमा उनको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।

चौतर्फी आलोचनापछि आइतवार बेलुकी उनको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएको थियो ।

प्रहरीले जाँचको क्रममा अभद्र र अमानवीय व्यवहार गरेको सचिवालयको दाबी छ । तर, ट्राफिक प्रहरीले भने अरुलाईजस्तै नियमित जाँच मात्रै गरेको र त्यस्तो कुनै अभद्र व्यवहार नगरेको बताएको छ ।

प्रतिकृया दिनुहोस्