News Portal

इण्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम

रातोपोस्ट संवाददाता
२२३ पटक

काँकरभिट्टा । इण्डो–नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा गत शनिबारबाट शुरु भएको ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ सफलताका साथ सम्पन्न भएको हो ।

प्रतियोगिता काँकरभिट्टा स्थित टाउनहलमा दुई दिनसम्म संचालन भएको थियो । प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु सहभागी थिए । जसमा मेचीनगर कराते टिम प्रथम बन्न सफल भयो भने कटारी टिम दोस्रो र धरान टिम तेस्रो बन्न सफल बन्यो ।

कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन थिए भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी थिए । कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु)का अनुसार प्रतियोगितामा भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा तथा नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका लगायतका स्थानबाट खेलाडीहरुले सहभागिता जनाएका थिए ।

सहभागी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्