News Portal

एसिया कप : नेपालद्वारा भारतसमक्ष २३१ रनको लक्ष्य

रातोपोस्ट संवाददाता
१७५ पटक

काठमाडौँ, १८ भदौ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसमक्ष २३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको पाल्लेकेलमा जारी खेलको ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनायो ।

नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले सर्वाधिक ५८ बनाए । त्यस्तै, सोमपाल कामीले ४८ रन बनाए । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए ।

प्रतिकृया दिनुहोस्