News Portal

भारतलाई १४५ रनको नयाँ लक्ष्य, २३ ओभरको खेल

रातोपोस्ट संवाददाता
३०१ पटक

काठमाडौं, १८ भदौ । लगातारको वर्षाको कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको छ।

अब कुल २३ ओभरको खेल हुनेछ भने खेल जित्न भारतले एक सय ४५ रन बनाउनुपर्नेछ । लगातार वर्षाले खेल प्रभावित भएपछि नयाँ लक्ष्य निर्धारण भएको हो।  

यसअघि नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको थियो । तर, भारत ब्याटिङमा उत्रिएलगत्तै वर्षा भएपछि खेल रोकिएको थियो। 

वर्षाले खेल रोकिनुअघि २.१ ओभरको खेल भएको छ। जहाँ भारतले कुनै विकेट नगुमाई १७ रन बनाएको छ।

प्रतिकृया दिनुहोस्