News Portal

२० मिनेट पनि प्रशारण नभइ अचानक काटियो कार्यपालिका वैठकको ‘फेसबुक लाइभ’

रातोपोस्ट संवाददाता
६२२ पटक

मेचीनगर । मेचीनगर नगरपालिकाका विविध विषयमा विभिन्न तवरबाट प्रश्नहरु उठेसँगै अहिले नगरपालिका कार्यालयमा कार्यपालिका वैठक बसिरहेको छ । वैठकको सामाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रशारण नै गरिएको थियो । यद्यपी अहिले फेसबुक लाइभ काटिएको छ ।

‘मेचीनगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको सचिवालय’ फेसबुक पेजमार्फत वैठक लाइभ थियो । अहिले भने उक्त लाइभ काटिएको छ । २० मिनेट पनि प्रशारण नभइ लाइभ काटिएको अहिले उक्त पेज हेर्दा थाहा हुन्छ ।

कार्यपालिका वैठक प्रत्यक्ष प्रशारण गरेर आम नागरिकलाई सोझै हेर्ने वातावरण सृजना गर्ने यस्ता अभ्यास विरलै मात्र हुने गर्छन् । यसअघि काठमाण्डौँ, धरान लगायतका नगरमा यस्तो अभ्यास भएपनि मेचीनगरमा भने पहिलो पटक यो अभ्यास देखिएको हो ।

तर, अभ्यास शुरु भएपनि फेसबुक लाइभ भने २० मिनेट पनि प्रशारण नभइ काटिदा प्रत्यक्ष प्रशारण हेरिरहेका नगरवासी छक्क परेका छन् ।

प्रतिकृया दिनुहोस्