News Portal

काजीमान राईलाई बाह्रदशीले फिर्ता पठायो

रातोपोस्ट संवाददाता
५३४ पटक

झापा, २२ भदौ । झापाको बाह्रदशी गाउँपालिकाले विवादित प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई फिर्ता पठाउने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले फिर्ता पठाउने निर्णय गरेको हो ।

इलामको माइजोगमाईमा कार्यरत रहँदा कार्यकक्षमै महिला कर्मचारीसँग गरेको अश्लील व्यवहारका कारण भाइरल भएका राईलाई बाह्रदशीले हाजिर गर्न रोक लगाएको छ ।

भदौ १४ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष देविन्द्र चम्लागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्