News Portal

मेचीनगरमा प्रसाईं ट्रष्ट कल्याणकारीद्वारा तीज कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
७२० पटक

झापा, २३ भदाै । प्रसाईं ट्रष्ट कल्याणकारी मेचीनगर ईकाई समितिकाे आयोजनामा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।

झापाको मेचीनगरमा ‘तीज मिलन समाराेह कार्यक्रम–२०८०’ शीर्षक राखिएको यो कार्यक्रम हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको पूर्व सन्ध्या पारेर आयोजना गरिएको कार्यक्रम संयोजक ईन्द्रमणि प्रसाईंले बताए ।

कार्यक्रममा प्रसाईं ट्रष्ट कल्याणकारी कोषका केन्द्रीय सचिव मिलनराज प्रसाईंकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने सञ्चालन प्रसाईं ट्रष्ट मेची नगरका सचिब भिमा प्रसाईंले गरेकी थिइन् । कार्यक्रममा विषेश अतिथि प्रसाईं ट्रष्ट कल्याणकारी कोषका केन्द्रीय उपाध्यक्ष टीका प्रसाईं, केन्द्रीय कोषाध्यक्ष गोपीकृष्ण प्रसाईं, मेची उधाेग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, ट्रष्टका जिल्ला अध्यक्ष नारायण प्रसाईंकाे विशेष आतिथ्यामा सम्पन्न यो सांस्कृतिक कार्यक्रममा ३ सय ५० जना भन्दा बढी दिदी–बहिनीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा समितिले तिज बिशेष शुभकामना आदानप्रदान समेत गरेकाे थियाे । कार्यक्रमको उत्तराद्र्धमा सहभागि सबै दिदी–बहिनीहरुले सामुहिक नृत्य गर्दै तीज आगमनको खुशीयाली साटासाट गरेका थिए ।

प्रतिकृया दिनुहोस्