News Portal

बाहुण्डाँगी जेसीजको नृत्य उपाधि होलिबेल स्कुललाई

रातोपोस्ट संवाददाता
७३२ पटक

झापा, २३ भदौ । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि लोक साँस्कृतिक प्रतियोगिताको उपाधि होलिबेलले जितेको छ । जेसीज सप्ताहको अवसरमा शनिवार सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा मेचीनगरका- १४ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधि चुमेको हो । उपाधिसँगै होलिबेलले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा हिमालयन एकाडेमी धुलावारी दोस्रो भएको छ । हिमालयनले नगद १० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने इष्ट होराइजन अंग्रेजी मावि धुलाबारी तेस्रो भएको छ । होराइजनले नगद ५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रथम पुरस्कार रितिका रेडी उद्योग, दोस्रो पुरस्कार कानुनी सल्लाहकार समिर राई र तेस्रो पुरस्कार पूर्व अध्यक्ष बद्रि निरौलाले सौजन्य गरेका थिए । प्रतियोगितामा मेचीनगरका- १५ वटा विद्यालयको सहभागिता रहेको जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक सामुल रायाले बताए ।

बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर- ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्ष बिरबहादुर बेगा बिरु, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष योगेश राजवंशी, बाहुण्डाँगी जेसीजका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतको आतिथ्यतामा रहेको थियो ।
कार्यक्रम संयोजक देबु बानियाँले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडा, सञ्चालन महासचिव नित्यानन्द चम्लगाई र एलसी श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्