महेश सुवेदी
मेचीनगर । मेचीनगर–२ स्थित वरपिपल टोल विकास संस्थाको अगुवाइमा गोकुल मार्ग (इटाभट्टा–बौद्धमोड) अन्तर्गत पर्ने आफ्नो सडक क्षेत्र सरसफाइ गरिएको छ । भृकुटी दक्षिण पर्ने यस टोलविकास संस्था आसपासका सडक क्षेत्र शनिबार टोलविकास संस्थाका एक सय बढी सदस्यहरुले एकजुट भएर सरसफाइ गरेका हुन् ।
डेंगु लगायतका रोग उत्कर्षका साथ बढिरहेको वर्तमान परिपेक्षमा सडक आसपास झारजंगल हुर्किएर घारी हुँदा एकातर्फ संक्रमणको जोखिम थियो भने सडक आसपास घारी हुँदा सडक सौन्दर्य समेत हराएको थियो ।
जसलाई मध्यनजर गर्दै टोल विकास संस्थाका सदस्यहरु भेला भएर सरसफाइ गरिएको टोल विकास संस्थाका अध्यक्ष श्याम पुलामीले बताए । सडक सरसफाइ कार्यक्रममा मेचीनगर २ का वडाध्यक्ष दिपक बरालको समेत उपस्थिती थियो । सरसफाइमा सहभागी बन्दै उनले टोल विकास संस्थाको यस कार्य उदाहरणिय भएको बताए ।