News Portal

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

रातोपोस्ट संवाददाता
३२६ पटक

काठमाडाै, २६ भदाै । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार बिहान ११ बजे गरिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै, सरकारले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।

नेम्वाङका दुवै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले उनको अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो । उनको सोमबार राति हृदयाघातका कारण घरमै निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्