News Portal

गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जयद्वारा चारै जनाको हत्या गरेको स्वीकार

रातोपोस्ट संवाददाता
३२९ पटक

काठमाडौँ, ३१ भदाै । काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने उनले कागजमा ‘आई किल्ड फोर पिपुल’ लेखेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । शुक्रबार राति अन्दाजी ११ः५५ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो ।

गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

प्रतिकृया दिनुहोस्