News Portal

धुलाबारीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
४९१ पटक

झापा, ३१ भदाै । नेकपा एमाले निकट विद्याथी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले सविधानसभा अध्यक्ष एवं एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । अनेरास्ववियु मेचीनगर कमिटीले आज साझ स्वर्गिय नेम्वाङको स्मृतिमा दिप प्रज्वलन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अनेरास्ववियुका नेता समेत रहेका नेकपा एमालेका क्षेत्रीय संयोजक टिका मग्रातीको प्रमुख आतिथ्यतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा अनेरास्ववियुका नेता दुर्गा धमला, कोशी प्रदेश सदस्य सन्तोष धमला, जिल्ला सहसचिव बिनिता न्यौपाने, जिल्ला सदस्य तथा त्रिदेव क्याम्पस स्ववियू उपाध्यक्ष आशिष पौडेल, मन्जु चिमरीया, कृष्ण लुइटेल, गगन ढकाल, नितु मगरलगायतको विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

अनेरास्ववियु मेचीनगर अध्यक्ष बिरु मेचेको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रमको सञ्चालन नगर सहसचिव सचेत घिमीरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्