News Portal

काँकडभिट्टा बसपार्क मर्मत सम्भार गरिने

रातोपोस्ट संवाददाता
३८३ पटक

झापा, २ असाेज । पूर्वी नाकामा रहेकाे काँकडभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जीर्ण हुँदै गइरहेको काँकडभिट्टा बसपार्क पुनः मर्मत सम्भार हुने भएको हो ।

मंगलबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले काँकडभिट्टा बसपार्कको विनियोजित एक करोड बजेटबाट प्राथमिकताको आधारमा पुनः मर्मत सम्भार गरिने भएको छ ।

बसपार्कको स्थलगत अनुगमन पश्चात् आज नगर प्रमुख बुढाथोकी सहित उपप्रमुख मीना पोख्रेल उप्रेती, मेची नगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरू भविन्द्र सुब्बा, ध्रुवकुमार राई र सीमा रसाइली, शहरी विकासका इन्जिनियर मिक्सेन राई, डेनिस भट्टराई, बसपार्क व्यवस्था समिति अध्यक्ष डिल्लीराम घिमिरे, सदस्यहरू माधव अर्याल, सुरेन्द्र बुढाथोकी, बिष्णुकुमार श्रेष्ठ, दुर्गाराज अर्याल र किरणकुमार तामाङलगायतको सरोकारवालाहरूसंगको उपस्थितिमा भत्किएको ठाउँमा पुनःनिर्माण गर्ने, आवश्यकताका आधारमा यात्रु शाखा स्थापना गर्ने, बसपार्कमा पानी निकासी नहुँदा समस्या हुने गरेको हुँदा त्यसलाई बनाउने लगायतको विषयमा छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्