News Portal

शिक्षकको आन्दोलनले दुबो र रुख नष्ट भएपछि बालेनले सम्झे‍ देवकोटाको कविता

रातोपोस्ट संवाददाता
३८२ पटक

काठमाडौं, ४ असाेज । शिक्षकहरूको आन्दोलनले सडक छेउमा रोपिएको दुबो र रुखबिरुवा नष्ट भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कवितामार्फत व्यङ्ग्य गरेका छन् । बालेनले फेसबुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताबाट व्यङ्ग्य गरेका हुन् ।

बालेनले लेखेका छन्, “नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।”

शिक्षकहरूको आन्दोलनका क्रममा नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दुबोमा क्षति पुगेको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक पानीका खाली बोत्तल, खानेकुराका खोल र प्लास्टिकका झोलाले प्रदूषित बनाएको छ ।

प्रतिकृया दिनुहोस्