News Portal

सरकार र शिक्षक महासंघबीच सहमति, आन्दोलन फिर्ता

रातोपोस्ट संवाददाता
३३८ पटक

काठमाडौं, ५ असाेज । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति भएको छ । सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ ।

सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमति भएको जानकारी दिइन् । सरकारका तर्फबाट वार्ता टोलीको नेतृत्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले गरेकी थिइन् ।

शिक्षा विधेयकमाथि विभिन्न १८ बुँदे असहमति राख्दै देशभरका शिक्षकहरू शिक्षक महासंघको नेतृत्त्वमा आन्दोलित भएका थिए । उनीहरूले तीन दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गर्दा ट्राफिक व्यवस्था नै अस्तव्यस्त बनेको थियो ।

प्रतिकृया दिनुहोस्