News Portal

सिक्किमका पूर्व स्वास्थ्य मन्त्रीलाई वेलायती संस्थाको अवार्ड

रातोपोस्ट संवाददाता
६०३ पटक

झापा, ६ असाेज । भारतको सिक्किमका पूर्व स्वास्थ्य मन्त्री तथा ख्याती प्राप्त छाला रोग विशेषज्ञ डा. मणिकुमार शर्मा (एमके) बेलायतको क्युमेट मेडिकल इन्ष्टिच्युटले शनिवार फेलोशिप आफ मेडिकल लिडरशीप मानर्थ अवार्ड दिएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा आयोजित एक समारोहवीच छाला रोग विशेषज्ञ शर्मालाई भारतमा रहेर चिकित्सा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उक्त अवार्ड दिइएको हो । क्युमेट इन्टरनेसनलका कार्यकारी निर्देशक डा. प्रकाश सुवेदी र क्युमेट इन्टरनेसनलकी एकाडेमिक निर्देशक डा. जिल आयालोटले संयुक्त रुपमा अवार्ड हस्तारन्तरण गरेका हुन् । शर्मासंगै नेपालकी चिकित्सक डा. दिव्यासिंह शाह र नाइजेरियन चिकित्सक डा. श्यामा हविवलाई पनि उक्त अवार्ड दिइएको थियो ।

शर्माले यसअघि दर्जन बढी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चिकित्सा अवार्डहरु पाइसकेका छन् । २०५५ देखि २०७० सम्म झापाको बिर्तामोडमा बसेर पूर्वी नेपालका छाला रोगीहरुको उपचारमा संलग्न शर्मा पछिल्लो समय भने सिलिगुडीलाई केन्द्र वनाएर पूर्वोत्तर भारतकै विरामीहरुको उपचारमा सक्रिय छन् । उनी प्रेमसिंह गोले नेतृत्वको सरकारका पूर्व स्वास्थ्य मन्त्री पनि थिए । केही महिना अघि उनले सत्तारुढ दलप्रति असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिएका थिए ।

वेलायतमा मुख्यालय रहेको क्युमेट इन्टरनेसनलले नेपालको स्वास्थ्य सेवाको रूपान्तरणमा मद्दत पुर्याउने उद्देश्य राखेर चितवन मेडिकल कलेजसंगको सहकार्यमा विभिन्न फेलोशिप कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्