News Portal

मेचीनगर मेयर, उपमेयरसहितको टोली भाेलि बेलायत जाँदै

रातोपोस्ट संवाददाता
२६० पटक

झापा, १० असाेज । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीता हुन मेचीनगरका मेयर र उपमेयरसहित ७ सदस्यीय टोली भाेलि बेलायत प्रस्थान गर्ने भएका छ्न् । मेचीनगर र बेलायतस्थित फक्सटन टाउनलाई भगिनी सम्बन्ध कायम गर्न असाेज १२ गतेदेखि बेलायतमा सुरु हुने चार्टर सेरमनी कार्यक्रम सहभागी हुन जाने तयारी गरेको मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले मंगलबार पत्रकार भेटघाटमा जानकारी दिए ।

बेलायतको फक्सटन टाउन र मेचीनगरको सम्बन्ध प्रगाढ गर्दै प्रबिधिसहिको बिकासमा सहयोग आदान प्रदानका लागि भ्रमण फलदायी हुने अपेक्षा गरेको मेयर बुढाथोकीको भनाई थियो । गोर्खा फाउन्डेसन नेपालले बेलायतस्थित फक्सटन टाउन र मेचीनगरलाई भगिनी सम्बन्ध बिस्तारका लागि २०७४ सालमा समन्वय गरेको थियो ।

नगरको संस्कृती, पर्यटकीय र अन्य क्षेत्रको समग्र बिकासका लागि भ्रमण फलदायी बन्ने उपमेयर मिना पोख्रेल उप्रेतीले जानकारी दिइन् । दुई नगरलाई भगिनी सम्बन्धमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको गोर्खा फाउन्डेसन नेपाललाई धन्यवाद दिँदै भ्रमणले नगरपालिकाले फाईदा लिनसक्ने जानकारी गराएकी थिइन् ।

मेचीनगरको योजनाको बिषयमा फक्सटन टाउनको सहयोगको ध्यानाकर्षणका लागी गोर्खा फाउन्डेसनले महत्त्वपुर्ण भुमिका खेल्ने फाउन्डेसनका अध्यक्ष गङ्गलाल गुरुङले पत्रकार भेटघाटमा जानकारी दिए । टोलीमा मेयरसँग मेयरकी जिवन संगीनि, उपमेयर र गोर्खा फाउन्डेसन नेपाल केन्द्रीय समिति कावा अध्यक्ष गंगालाल गुरूङदम्पती र महासचिव जगत गुरूङदम्पती भ्रमण तथा कार्यक्रमका लागि बेलायत प्रस्थान गर्ने तयारी गरेको हो ।

प्रतिकृया दिनुहोस्