News Portal

सिम्रिकको मेचीनगरमा इकाइगत साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
५२१ पटक

झापा, १० असाेज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र काँकरभिट्टा, भृकुटी र धुलाबारीका इकाइगत साधारणसभा सम्पन्न भएको छ । झापाकाे धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसकाे सभाहलमा आज बुधबार इकाइगत साधारणसभा सम्पन्न गरेको हो। यही असोज २७ बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा हुने संस्थाको मुल माइन्युट प्रमाणित सभाकालागि धमाधम इकाइगत साधरणसभा भइरहेको हो ।

झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्लामा ४९ वटा सेवा केन्द्र र ६० हजार हाराहारी शेयर सदस्य रहेको यस सहकारीले असोज ७ गतेबाट ११ गते सम्ममा ७ वटा इकाई मार्फत मुल माइन्युट प्रमाणितका लागि प्रतिनिधी छनोट गरिरहेको संस्थाका काँकरभिट्टा शाखाका प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष किरण कपुरीकाे अध्यक्षता र मेचीनगर- १० कि वडा सदस्य लिला दर्नालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारसभामा लेखा समिति सदस्य ओमराज राईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कुल सम्पती २ अर्व ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँ रहेको थियाे ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता मेचीनगर-१० कि हेमन्त शाक्य र उत्कृष्ट ऋणी काँकरभिट्टाकी अनिता सुवेदीलाई नगद ५ हजार सहित सम्मान समेत गरिएको थियो । त्यस्तै संस्थाले काँकरभिट्टा, भृकुटी र धुलाबारी सेवाकेन्द्रका ९ जना सदस्यहरुलाई कुल ८६ हजार रुपैयाँ राहत रकम समेत प्रदान गरेको छ। संस्थाले विभिन्न रोगबाट ग्रस्त सदस्यहरु लगायत सुत्केरीहरुलाई समेत राहत रकम प्रदान गरेको थियो ।कार्यक्रममा प्रमुख अतिथि दर्नालले सिम्रीक सहकारीको प्रशंसा गरेकी थिइन । संस्थाका कर्जा बिभागका परमानन्द राजवंशी र दुर्गा रिजालले सञ्चालन गरेकाे कार्यक्रमलाई संचालक समितीका सदस्य लिला मुखियाले स्वागत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्