रातोपोस्ट संवाददाता
झापा, ११ असोज । झापाका चार पालिकाले आज ( बिहीबार) स्थानीय बिदा दिने निर्णय गरेका छन् ।
मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै आज ( बिहीबार) स्थानीय बिदा दिने जानकारी गराएका हुन् ।
नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भएबमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ । हजरत मोहम्मद पैगम्बर इस्लाम धर्मका प्रवर्तक हुन् ।