News Portal

प्रहरीद्वारा चार लाख बढीको सामान बरामद

रातोपोस्ट संवाददाता
२४५ पटक

झापा, १६ असाेज । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्र्याइएको मामा अर्थ ब्रान्डका कस्मेटिक सामानहरु धुलाबारी प्रहरीले पक्राउ गरेको छ । बरामद गरिएको सामानहरुमा उक्त ब्रान्डका फेसवास, मोइस्चराइज क्रिम, सनस्क्रिन क्रिम लगायतका सामग्री रहेको छ।

साेमबार राति ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा-१५ स्थित बिचार्ने चोकमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ भन्सार छलि गरि ल्याएकाे अवस्थामा उक्त सामान प्रहरीले बरामद गरेको हो ।

उक्त बरामद गरिएको सामानको बजार मुल्य ४ लाख ५ हजार २७ रुपैया बराबरको विभिन्न किसिमको कस्मेटिक सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्