News Portal

मेचीनगरमा सुधारिएको चुल्हो वितरण

प्रकाश उप्रेती
३०५ पटक

झापा, १६ असाेज । वातावरण संरक्षण गर्दै बिपन्न परिवारलाई सहज पुर्याउने उद्देश्य वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) राैतहटले देशका विभिन्न जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको छ ।

झापालगायतका जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको हो । वातावरण प्रदुर्षण नियन्त्रण गर्दै एलपी ग्यासबाट बिदेशीने रकमलाई रोक्न सुधारिएको चुल्हो वितरण गरेको हो । पहिलो चरणमा बिपन्न वा मजदुर समुदायलाई सुधारिएको चुल्हो बितरण गर्न शुरु गरेको वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) झापा संयाेजक अमर मेचेले जानकारी दिए ।

सिंगापुरकाे (भीएण्डभ एडभाइजर नामक दातृ निकायले (ईपीसी) नेपाललाई चुल्हो सहयाेग गरेकाे हो । नेपालका ८ वटा जिल्लामा सुधारिएको चुल्हो वितरण गरिरहेकाे छ । बिपन्न तथा मजदुर समुदायको बसोबास रहेको जिल्ला उदयपुर धनुषा, सिरहा, सप्तरी, झापा लगायतका जिल्लामा याे अभियान चलिरहेकाे संयोजक मेचेले बताए ।

५ वर्षकाे ग्यारेन्टी रहेको चुल्होकाे पंखा र एडप्टर बिग्रिए तथा चुल्हो जीर्ण भए परिवर्तन गरिदिन्छौ, मंगलबार मेचीनगर-७ मा आयोजित सुधारिएको चुल्हो वितरणमा संयाेजक अमर मेचेले भने, `हामीले चुल्होसँगै दिएको कुनैपनि सामान नफाल्नु, नच्ल्ने भए पुरानो लिएर नयाँ दिन्छौ, चुल्हो नै जीर्ण भयो भने पनि भाडाटुटालाई नदिनु हामी नयाँ दिन्छौ ।,

संयोजक मेचेका अनुसार सुधारिएको चुल्होमा दाउरा र बिजुलीको प्रयोग दुबै माध्यमबाट खाना पकाउन सकिनेछ । एलपी ग्यासको मूल्यवृद्धि नजिकिएको चाडपर्वको समयमा सुधारिएको चुल्हो पाएपछि स्थानीय मजदुर र किसान वर्ग औंधी खुसी देखिन्थे ।

मेचीनगरमा २५ हजारबढी वितरण गर्ने :

झापाको मेची नगरपालीकामा बिपन्न र मजदुर वर्गको बाहुल्य रहेको छ । त्यसमा पनि आदिवासी, किसान, सुकुम्बासी, सन्थालको बसोबास स्थल भएकाले उनीहरुलाई लक्षित गरेर बढी प्राथमिकतामा राखेको संयोजक मेचेको भनाई छ । मेचीनगरमा २५ हजार सुधारिएको चुला वितरण गर्ने लक्ष लिएकाे हो । चुल्हो वितरण कार्यक्रम अनुसार नगरपालिका-७ वडा कार्यालयले वडावासीलाई सुधारिएकाे मंगलबार वितरण गरेकाे छ ।

वडा कार्यालयकाे वैठक हलमा एक कार्यक्रमकाे आयोजना गरेर ५ सय ४ वटा चुल्होमध्ये आज १ सय ५० वटा वितरण गरिएकाे हाे । मेचेका अनुसार मेचीनगरमा हालसम्म मेचीनगरका विभिन्न वडामा ५ हजार ४ सयवटा चुल्हो वितरण गरिसकिएको छ । यसअघि मेचीनगरकाे वडा नम्बर १, २, ४, ५, ८, ९ र १५ मा चुल्हो वितरण गरिसकेको उनकाे भनाई छ ।

पहिलो चरणको कार्यक्रम सकिएपछि मध्यम वर्गलाई लक्षित गरेर बिधुतीय इन्डेक्स चुल्हो बितरण गर्ने समेत उनले जानकारी दिए । बाँकी रहेका वडाहरूमा क्रमिक रूपमा वितरण गर्दै जाने उन्ले बताए । बाहिर खरिद गर्दा ५५ सय रूपैयाँ पर्ने चुल्हो संस्थाले प्रतिचुल्हो २ सय रूपैयाँ लिएर वितरण गरिएको हो । उक्त रकम चुल्हो ढुवानी गर्दा लाग्ने खर्च मात्रै लिएको मेचेको भनाई छ । संस्था चुल्होमात्रै फ्रीमा दिन्छ । यहाँसम्म ढुवानी गर्नै पर्यो, त्यसैले प्रती परिवार २ सय रुपैयाँ लिएको उनको भनाई थियो ।

मेचीनगरसँगै बुद्वशान्ति गाउँपालिका-४ र ५ नम्बर वडा सुकुम्बासी बस्ती तथा इलाम जिल्लाका केही क्षेत्रमा पनि चुल्हो चाँडै बाढ्ने याेजना रहेकाे मेचेकाे भनाई छ । मेचीनगर- ७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओलीले ८ सय चुल्होमध्ये पहिलाे चरणमा ५ सय ४ वटा चुल्हो आएको बताए । आज मेचीनगर- ७ मा १ सय ५० वटा चुल्हो वितरण गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्