News Portal

लाखौँको अवैध पटाका बरामद

रातोपोस्ट संवाददाता
३२१ पटक

जनकपुरधाम, १७ असाेज । चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ।

मंगलबार मध्याह्न बिदेह नगरपालिका – २ सलैता गाछीस्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल अवैध पटाका ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएका छन्।

मोटरसाइकलमा पटाका ल्याउँदै गरेकोमा इलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटेको गस्ति टोलीलाई देखेर पटाका फाली मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बरामद गरिएको पटाका अन्दाजी १ लाख ९३ हजार २ सय बराबरको रहेको प्रहरीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्