News Portal

मंगलबारेमा तीन दिने उर्जाध्यान शिविर सुरु

रातोपोस्ट संवाददाता
४७७ पटक

झापा, १ कार्तिक । झापाको शिवसतासी- २ स्थित मंगलबारे बजारमा योग शिविर सुरु भएको छ । मंगलबारे बजार व्यवस्थापन समितिकाे आयाेजनामा ३ दिने उर्जाध्यान शिविर सञ्चालन गरेको हो ।

असाेज ३० गतेदेखि कार्तिक २ गतेसम्म झापाकाे शिवसतासी- २ वडा कार्यालयमा आयोजना गरेको ध्यान शिविरमा भानु गुरुदेव र रमेश गुरुदेवले सहजिकरण गरेका छन् । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन भइरहेकाे छ ।

बजार समितिका अध्यक्ष राजु दर्नालका अनुसार मानिसमा सकारात्मक साेच र विचारकाे प्रवाह गराउनु उर्जाध्यान शिविरकाे मुख्य उद्वेश्य रहेकाे छ । उनका अनुसार मानिसकाे बढ्दाे व्यस्तता र आधुनिक समयमा यस्ता शिविरकाे महत्व बढ्दाे क्रममा रहेकाले शिविरकाे आयाेजना गरिएकाे हाे । शिविर विहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन भइरहेकाे छ । शिविरमा दैनिक ६० बढीकाे सहभागिता रहेकाे अध्यक्ष दर्नालले बताए ।

प्रतिकृया दिनुहोस्