News Portal

सर्वोच्चको आदेशपछि रिगललाई खोज्दै प्रहरी

रातोपोस्ट संवाददाता
११३ पटक

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले ‘रिगल’ भनिने योगराज ढकालको कैदमाफी बदर गरेसँगै प्रहरीले उनको खोजी सुरु गरेको छ।

सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ थरी थुनामा राख्न आदेश दिएसँगै प्रहरीले उनको खोजी सुरु गरेको हो। नेपाल प्रहरीका प्रवक्ता डिआईजी कुबेर कडायतले रिगलको खोजी भइरहेको बताएका छन्। रिगलको खोजी सुरु भइसकेको र सकेसम्म छिटो पक्राउ गरिने उनको भनाइ छ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो।

रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्