News Portal

झापामा एकै दिन करेन्ट लागेर २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१९५ पटक

झापा, २१ कार्तिक । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका ११ का ४५ वर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाइते भएका थिए ।

घाइते भएको उनलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै कनकाई नगरपालिका- ३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कनकाई ६ का ३६ वर्षीय राम कुमार श्रेष्ठलाई रड बोक्दा अचानक रड बिजुलीको तारमा टच भई करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्