News Portal

पत्रकार प्रकाश ढकाल कृष्णभिरमा मृत भेटिए

रातोपोस्ट संवाददाता
४५३ पटक

काठमाडौँ, ४ मंसिर । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव त्रिशूली नदी किनारको खोचमा फेला परेको थियो।

ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्