News Portal

दुर्गा प्रसाईँको कार्यक्रम बल्खुमा गर्न प्रशासनको अनुमति

रातोपोस्ट संवाददाता
१५९ पटक

काठमाडौं, ५ मंसिर । दुर्गा प्रसाईंले मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन बल्खुमा गर्न जिल्ला प्रशासन कार्यलय काठमाडाैँले अनुमति दिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेपछि प्रसाइँलाई बल्खुमा कार्यक्रम गर्न प्रशासनले अनुमति दिएकाे हाे ।

मङ्गलबार प्रसाईँ नेतृत्वको टीमसँग प्रशासनाे छलफलपछि बल्खुमा कार्यक्रम गर्ने सहमति भएकाे हाे । प्रसाईंले बैँककाे ऋण मिनाहा, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका थिए । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पनि साेही दिन सरकार र अराजकतावादी विरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने तयारी गरेकाे थियो ।

एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ। जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेपछि राष्ट्रिय युवा संघ नेपालले गर्ने विरोध प्रदर्शन तीनकुनेमा हुने भएको छ । युवा संघ नेपाल इन्चार्ज एवं एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै ७ गतेको कार्यक्रम तीनकुनेमा हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्