News Portal

एन्फा रेफ्री ढुंगानाको निधन

रातोपोस्ट संवाददाता
१९३ पटक

झापा, १५ मंसिर । एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए ।

झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो । झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए ।

झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघको पूर्ववरिष्ठ उपाध्यक्ष तथा हाल कोशी प्रदेश फुटबल रेफ्री संघको सदस्य थिए ।

प्रतिकृया दिनुहोस्