News Portal

मेचीनगरमा धानको कुन्युमा आगलागी हुँदा तीन लाखको क्षति

रातोपोस्ट संवाददाता
२८२ पटक

झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिका–९ मागुमाडीमा धानको कुन्युमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । आज दिउँसो मेचीनगर–९ मागुरमाडीका टंकप्रसाद उप्रेतीको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा परालको कुन्युमा आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारी, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगाे पूर्ण रुपमा नियन्त्रणमा आएकाे मेचीनगर- ९ का वडा अध्यक्ष कन्चन तामाङले जानकारी दिए । आगलागीबाट उप्रेतीको घरको झ्यालको एउटा सीसा समेट फुटेको छ भने आगलागीको कारण भने खुल्न नसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्