News Portal

चारआलीमा दुईवटा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

रातोपोस्ट संवाददाता
१६३ पटक

झापा, १८ मंसिर । झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ मा आइतबार राती साढे ११ बजेको समयमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फुलवासा पुलमा गएर ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका- ३ का २० वर्षीय मनिस बास्कोटालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अर्को मोटरसाइकल चालक झापा गाउँपालिका- ३ का २० वर्षीय सौरव बास्कोटा र सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय सुमन पौडेल घाइते भएका छन् । बास्कोटाको बीएण्डसी अस्पताल र पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ । दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टाले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्