News Portal

चारआलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्याे

रातोपोस्ट संवाददाता
२२० पटक

झापा, १८ मंसिर । झापाको मेचीनगरस्थित चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको शवलाई परिवारले पहिचान गरेका हुन् ।

सो शव भद्रपुर नगरपालिका- ९ घोडामारा बस्ने अन्दाजी ५५ वर्षीय अभिलाल राजवंशीको भएको उनकी श्रीमती सरला राजवंशी र छोरा महेश राजवंशीले प्रादेशिक अस्पताल भद्रपुरमा गएर पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा राजवंशी हिजो मृत फेला परेका हुन् । मृतकको छेउमा एउटा साइकलसमेत फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्