News Portal

मेचीनगरमा लैङ्गिक हिँसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
१५३ पटक

झापा, २० मंसिर । झापाको मेचीनगरमा बुधबार आयोजित कार्यक्रममा सरोकारवालाहरुले समाजमा बालबिवाह नरोकिएसम्म घरेलु लैङ्गिक हिंसा नरोकिने बताएका छन् ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सन्दर्भमा `समाजमा विद्यामान हानिकारक अभ्यास जस्तो बहुबिवाह, जातीय छुवाछूत, दाइजो प्रथा लगायत विरुद्ध अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवलाले उक्त कुरा बताएका हुन् । शिक्षा लिने समयमा बालबालिकाको बिवाह हुँदा त्यसको असर घरेलु तथा लैङ्गिक हिंसा बढ्ने गरेको बताएका हुन् । हिंसा रोकथामका लागि बालबालिका बिवाह रोक्नुपर्ने सम्बन्धित सरोकारवाला संंघसंस्थाका प्रतिनिधिहरुको धारणा थियो ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले समाज पितृसतात्मक ब्यवहारले जरो गाडेका कारण महिला हिंसा अन्त्य नहुने बताइन् । उनले सामाजिक कुरीति बिरुद्ध जागरण फैलाउने अभियानमा संचालनमा ल्याउनु आवश्यकता भएको औंल्याएकी थिइन् । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले बिवाह गर्ने उमेर २० बर्ष घटाउने गरी कानुन संसोधन गर्नुपर्नेमा जोड दिएका थिए । बिपन्न तथा सिमान्तकृत, लोपोन्मुख, आदिवासी समुदायमा ब्याप्त देखिएको उनको भनाई थियो ।

माइती नेपाल काँकडभिट्टाका प्रमुख गोबिन्द घिमिरेले कलिलो उमेरमा बिवाह हुँदा छिट्टै बच्चा जन्माउने उमेरका बालबालिकाको शरीर र अध्ययन कमजोर भएकै कारण लैङ्गिक हिंसा हुने गरेको बताए । प्रकृति द्वन्द रुपान्तरण केन्द्रकी संयोजक संगीता थापाले लैङ्गिक हिंसासम्बन्धित कार्यक्रमअनुसार कार्यान्वयन नभएकोप्रती गुनासो गरिन् । उनले यसखाले कार्यक्रमलाई घरघरबाट हटाउने अभियानको रुपमा थाल्नुपर्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी लगायतले सबैखाले हिंसा अन्त्यका लागि घरबाटै अभियान चलाउनु पर्ने बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले झापाको हिंसाको अवस्थाका बारेमा प्रस्तुती गरिएको कार्यक्रममा सहभागी अधिकारकर्मीहरु अम्बिका भण्डारी, बिटु गुरुङ, सन्तोष प्रसाई, डम्बरबहादुर वन, कुन्दन निरौला लगायतले विभिन्न विषयमा महिला आयोगको ध्यानाकर्षण गराएका थिए । महिला आयोग सदस्य खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम श्रीभद्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्