News Portal

एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति

रातोपोस्ट संवाददाता
१९५ पटक

काठमाडौं, २१ मंसिर । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

जसको सदस्यमा फणिन्द्र गौतम, सचिव– नेपाल सरकार, रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र आइक्यानक अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

त्यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने बैठकले निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्