News Portal

मेचीनगरमा राप्रपा विद्यार्थी संगठनकाे अध्यक्षमा श्रेष्ठ

रातोपोस्ट संवाददाता
२५९ पटक

झापा, २२ मंसिर । झापाको मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गठन गरिएको छ । शुक्रबार मेचीनगर-८ इटाभट्टामा आयोजित विद्यार्थी भेलाका बीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नगर समिति गठन गरिएको विद्यार्थी नेता चरण प्रसाईंले जानकारी दिए ।

शोभिएट श्रेष्ठको अध्यक्षता गठित ३१ सदस्यीय समितिको उपाध्यक्षमा अमृत खतिवडा, सचिवमा सागर न्यौपाने रहेका छन् । कोषाध्यक्षमा शारदा शिवाकोटी र सहसचिवद्वाेयमा विशाल भट्टराई र पर्वत खनाल रहेका छन् । सोही अवसरमा १९ सदस्यीय आदर्श मावि मेचीनगर इकाइ समितिसमेत गठन गरिएको प्रसाईंले बताए ।

मानबहादुर दर्जीको अध्यक्षतामा ११-१२ मा अध्ययनरत विद्यार्थीहरु बीच समिति गठन गरिएको उनले बताए । राप्रपा युवक संगठनका राजु शिवाकोटीको प्रमुख अथितिमा सम्पन कार्यक्रममा विद्यार्थी संगठनका चरण प्रसाईं, हिमाल बजगाई, सन्जोक खनाल, सागर शिवाकोटी, शिव गौतमलगायतको सहभागिता रहेको थियो । सन्जोक खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन चरण प्रसाईंले गरेका थिए । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले हाल इकाई, नगर हुँदै जिल्ला सम्मेलन गरिने युवक संगठनका शिवाकोटीले बताए ।

प्रतिकृया दिनुहोस्