News Portal

साहसी महिला नेपालद्वारा प्रहरी नायव निरीक्षक राईलाई सम्मान

रातोपोस्ट संवाददाता
१९३ पटक

झापा, २३ मंसिर । प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन कुमारी राईलाई साहसी महिला नेपालले प्रशंसा पत्रद्धारा सम्मान गरेकाे छ । काँकरभिट्टा नाकामा रहेर मानव बेचबिखन तथा ओसारपसार जघन्य अपराध कार्यलाई रोकथाम गर्दै आइरहेका साहसी महिला नेपाललाई कर्तव्यनिष्ठ तवरले सहयोग गर्दै आएकाले राईलाई प्रशंसा पत्रका साथ सम्मान गरेको हो । संस्थाका कर्मचारी पुजा पौडेल र आरता शर्माले खदा पहिराएर सम्मान गरिएकी थिइन् भने जिल्ला संयोजक होमराज राईले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

प्रशंसा पत्रमा भनिएको छ,– ‘ मानव बेचविखन तथा ओसारपसार, महिला साथै बालवालिकाहरुमाथि हुने विभिन्न किसिमका हिंसा तथा शोषण जस्ता गम्भीर मानवीय अपराध नियन्त्रणका लागि यस संस्थालाई आफ्नो दिलो ज्यानले सहयोग गर्नु भएकोमा उच्च मूल्याङ्‌कनको कदर गरी यो प्रशंसा पत्र प्रदान गर्दछौं ।’

प्रहरी नायव निरीक्षक मिलनकुमारी राई इमान्दार, बफादार र साहासिक साथै कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही यस संस्थालाई उच्च मनोवल दिदै साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी बिभिन्न अपराध जन्य क्रियाकलापमा अनुसन्धान र नियन्त्रणको क्षेत्रमा उच्च मूल्यांकन गर्दै सम्मान गरेको छ। आइतवार प्रहरी नायव निरीक्षक राई काँकरभिट्टा इलाका प्रहरी कार्यालयबाट खोटाङ्ग जिल्ला सरुवा भएकी छिन् ।

प्रतिकृया दिनुहोस्