News Portal

पाँच पाेखरी सामुदायिक वनकाे साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
२२२ पटक

झापा, २४ मंसिर । पाँच पाेखरी वन सामुदायिक वन उपभोक्ता समूहको ३८औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएकोे छ ।

सामुदायिक वनमा आयोजित साधारणसभाको उद्घाटन सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीले गमलाको विरुवामा पानी हालेर गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि भण्डारीले सामुदायिक बनले जनताकाे भावना अनुसार काम गरेकाे भए पनि केहि मानिसलाई याे ठिक नलाग्नु अनाैठाे विषय भएकाे बताए । उनले सामुदायिक वनकाे अधिकार कटाउन केहि व्यक्ति पछि अाराेप लगाए । सामुदायिक वनकाे अधिकारका लागि जिल्ला महासंघ झापाका सधै लागिरहने बताए ।

सो अवसरमा विशेष अतिथि बुद्वशान्ति गाउँपालिका-५ का वडा अध्यक्ष बेगेन्द्र कार्की, वनका पुर्व अध्यक्ष विष्णुप्रसाद न्याैपानेले सामुदायिक वनकाे विकास र प्रवद्र्धनका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए ।

सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको अध्यक्षता रहेको कार्यक्रममा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मन्दीरा दनुवारले आगामी याेजनाका बारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सचिव बबिता चाैधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पदम प्रसाद मिश्रले गरेका थिए । कार्यक्रममा लेखा समिति संयाेजक भाेगेन्द्र बस्नेतले आथिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्