News Portal

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीसहित तीनजना रिहा

रातोपोस्ट संवाददाता
९४ पटक

काठमाडौँ, २४ माघ । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जना रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भनि आदेश जारी गरेका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

सिआईबीले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई माघ १८ मा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्