News Portal

स्व. पवनकुमार खड्का स्मृति फुटबल : जोरसिमल एफसी र धुलाबारी एफटिसी विजयी

रातोपोस्ट संवाददाता
३४२ पटक

झापा, ५ फागुन । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगितामा जोरसिमल फुटबल क्लब र धुलाबारी फुटबल ट्रेनिङ सेन्टर क्वाटरफाइनल प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको पहिलो खेलमा जोरसिमलले एकता युनाइटेड ताराबारीविरुद्ध ६–२ को सहज जीत निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

जोरसिमल एफसीका लागि निर्णय मेचेले टिमका लागि ५ गोल गरेका थिए । मेचेले खेलको छैटौँ, नवौँ, ११ औँ, १६ औँ र २३ औँ मिनेटमा आफ्नो व्यक्तिगत गोल गर्दै टिमको जीत सुनिश्चित गराएका थिए । जोरसिमलकै अरुन मेचेले खेलको २९ औँ मिनेटमा १ गोल गरेका थिए । ताराबारीका लागि निशान क्षेत्रीले १३ औँ र कृष्ण क्षेत्रीले १८ औँ मिनेटमा गोल गरे पनि टिमको हार टार्न सकेनन् । खेलमा जोरसिमल ६–२ गोल अन्तरले विजयी भएको थियो । खेलको म्यान अफ द म्याच निर्णय निर्णय मेचे घोषित भएसँगै नगद १ हजार र ट्रफी हात पारे ।

त्यसैगरी, शनिबारै सम्पन्न दोश्रो खेलमा डिएफसीलाई पेनाल्टीमार्फत पराजित गर्दै धुलाबारी फुटबल ट्रेनिङ सेन्टर विजयी भएको हो । डिएफसीका रुजन न्यौपानेले नवौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, धुलाबारीका सन्दिप खवासले १७ औँ मिनेट तथा सेवन मगरले १९औँ मिनेट गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ को स्थितिमा पु¥याए । निक्कै प्रतिष्पर्धात्मकका साथ सम्पन्न भएको खेलको दोश्रो हाफको १८ आँै मिनेटमा डिएफसीका आयुस राईले गोल गर्दै डिएफसीलाई खेलमा फर्काएका थिए । निर्धारित समयमा दुवै तर्फ २–२ गोल भएपछि खेलको नतिजा ट्राइब्रेकरबाट टुङ्गो लागेको थियो । पेनाल्टीमा डिएफसीका आयुष राईको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक आकाश खड्काले उत्कृष्ट बचाउ गरेका थिए । टाइब्रेकर ५–४ हुँदै धुलाबारी विजयी बन्यो । खेलको म्यान अफ द म्याच घोषित आकाश खड्काले नगद १ हजार र ट्रफी प्राप्त गरे ।

आइतबारको पहिलो खेल देविगञ्ज एफसी र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने र दोश्रो खेल यलम्बर फुटबल क्लब र नगर टोला युथ संघ, निरपानीबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्