News Portal

सरकारी जग्गा हत्याएको मुद्दामा मुछिएका माओवादी नेता पुरीले दिए राजीनामा

रातोपोस्ट संवाददाता
५३ पटक

झापा, १५ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो । २८ माघमा विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रतिकृया दिनुहोस्