News Portal

नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा कार्यालय धुलाबारीमा

रातोपोस्ट संवाददाता
१२८ पटक

झापा, २८ फागुन । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारीको पूजा कम्प्लेक्समा रहेको शाखा कार्यालयमा विदेश पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिएर सर्वसुलभ तरिकाले अध्ययनमा पठाइने शाखा प्रमुख अर्जुन तिवारीले बताए ।

शाखा कार्यालयको उद्घाटन मंगलवार (भोलि) हुँदैछ । नेक्ससको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । विदेश अध्ययनका लागि नेक्सस कन्सलटेन्सीले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि दिँदै आएको छ । शाखा कार्यालय उद्घाटनसँगै धुलाबारीमै इच्छुक विद्यार्थीले शैक्षिक परामर्श लिन सक्नेछन् । शाखा कार्यालय उद्घाटनका दिन युके अध्ययन गर्न जानेका लागि एड्मिसन खुल्ला गरिएको छ । नेक्ससले भिसा प्रोसेसिङमा ४० प्रतिशत छुट, आयल्स क्लासमा ३० प्रतिशत छुट, लक्की ड्रमा मुभी टिकट र कफी लगायतका अफरहरु दिएको छ ।

नेक्ससको धुलाबारी शाखा कार्यालयको उद्घाटन मेचीनगर प्रमुख गोपाल बुढाथोकीले गर्दैछन् । त्यसैदिन शैक्षिक परामर्शदाताहरुले विद्यार्थीलाई आफ्नो अनुभव शेयर गर्दैछन् । धुलाबारीमा नेक्ससको सेवा सुरु भएसँगै शैक्षिक परामर्श तथा विदेश अध्ययनका लागि अब विद्यार्थीले बिर्तामोड धाउनु नपर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्