News Portal

सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
१५८ पटक

झापा, ८ बैशाख । झापाकाे मेचीनगर स्थित सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ र ८ स्थित मन्दिरको सामुदायिक हलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचन समितिका संयोजक दिपक काफ्लेको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष गिरीराज धमला, मेची कृषक सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर समितिका पूर्व अध्यक्ष हरि बुढाथोकी, मन्दिर समितिको निवर्तमान अध्यक्ष चन्द्र कोइरालालगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा मेचीनगरका कार्यपालिका सदस्य हृदय राजवंशी, चित्र धिमाल, माया प्याकुरेल, मेचीनगर–८ का वडा सदस्य विष्णु भट्टराई, मनकुमारी गिरी, दुर्गेश्वरी कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष मेचे, न्यायिक समिति मेचीनगर–८ का सदस्य गणेश कार्की, टोकला युवा क्लबका अध्यक्ष कृष्ण मुण्डालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र कोइरालालाई सम्मान पनि गरिएको थियो ।

निर्वाचित मन्दिरको अध्यक्ष गणेशकुमार खरेल, उपाध्यक्ष जीवन तामाङ, सचिव निरज राई, सहसचिव चन्द्र थापा, कोषाध्यक्ष सूर्य अधिकारी तथा सदस्यहरु किरण पोखरेल, तेजीमाया राउत, कृष्ण मुण्डा, सूर्यमान मगरलाई निर्वाचन समिति संयोजक दिपक काफ्लेले सपथ ग्रहण गराएका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य गोविन्द गिरीले गरेका थिए भने स्वागत मन्तव्य चन्द्रकला विकले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्