News Portal

हनुमान जयन्तीमा धुलाबारीमा शोभायात्रा

रातोपोस्ट संवाददाता
८७ पटक

झापा, ११ बैशाख । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा धुलाबारीमा मंगलबार बृहत शोभायात्रा गरिएकाे छ ।  

मन्दिर परिसदबाट शुरु भएको भगवान हनुमानको शोभायात्राले धुलाबारी बजार क्षेत्र परिक्रमा गरेकाे थियाे । नगरमा रहेका हिन्दु धर्म प्रति आस्था राख्ने सर्वसाधारणले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए । शोभायात्राले धुलाबारी क्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

हिन्दु धर्मको प्रतिक तरबार, त्रिशुलसहित निस्किएकाे शाेभा यात्रामा सहभागीहरुले जय श्रीरामको जयजयकार गरेका थिए । शोभायात्राका बेला मन्दिर परिसददेखि धुलाबारी बजार सम्मको मेन रोड यात्रामा सहभागीहरुको भिडले खचाखच भरिएको थियो । 

शोभा यात्रामा धुलाबारीका विभिन्न स्थानमा सर्बत र पानीको स्टल राखेर बाँडिएकाे छ । श्री श्री १०८ हनुमान मन्दिर सेवा समिति मेचीनगर-१० झापाकाे आयाेजनामा शाेभा यात्रा निस्केकाे हाे ।

हिन्दु संस्कृति संरक्षण तथा जगेर्ना गर्नका लागि साेभा यात्रा निकालिएको हनुमान मन्दिर समितिका अध्यक्ष सञ्जिव शाहले बताए । २०५८ सालमा स्थापना भएकाे यस संस्थाले हिन्दु धर्ममा आस्था राख्ने धर्मप्रेमीलाई एकीकृत गर्ने काम गरेकाे समितिका निवर्तमान सचिव शिवशंकर शाहले बताए । भगवान हनुमानकाे आस्था राखेर जयन्ती मनाइएको काेषाध्यक्ष जयकुमार श्रराफले बताए ।

प्रतिकृया दिनुहोस्