News Portal

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको विशाल लक्ष्य

रातोपोस्ट संवाददाता
६९ पटक

काठमाडौं, १५ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रनको योगफल तयार पारेको हो।

वेस्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाएका हुन्। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्रसिंह ऐरी,रोहितकुमार पौडेल र अविनाश बोहोराले एक/ एक विकेट लिए।

प्रतिकृया दिनुहोस्