झापा, १२ जेठ । काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदातासँग भोट माग्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतदाताहरूले प्रतिबद्धता समेत जनाएका छन् ।
मेचीनगर- ७ वडामा रहेकाे जाेरसिमल, जनजागरण टाेल ईच्छाटाेल, सिर्जनाटाेलमा शनिवार घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार रोहित बुढाथोकी, उपाध्यक्ष पदका उम्मेदवार राजु दाहाल, सचिव पदका उम्मेदवार विशाल तामाङ, कोषाध्यक्ष पदका उम्मेदवार बिमला देवकोटा, लेखा समिति संयोजक पदका उम्मेदवार किशोर भण्डारीसहित साझा प्यानलका उम्मेदवारहरुलाई मतदाताले भोट दिने वाचा गरेका हुन ।
अध्यक्षका पदका उम्मेदवार बुढाथोकी सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । उनी रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष, काँकरभिट्टा खानेपानी संस्थाका सदस्य, मेची अञ्चल ट्रक व्यवसायी संघमा २ कार्यकाल सचिव र अध्यक्ष भएका छन् । अहिले पनि लोकतान्त्रिक यातायात व्यवसायी महासंघ केन्द्रीय सदस्य पदमा रहेर उनले जिम्मेवारी निभाइरहेका छन् । २०५० सालदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका छन् ।
घरदैलो अभियानमा खानेपानी उपभोक्ताका अध्यक्षका उम्मेदवार बुढाथोकीले भने हरेक उपभोक्ताहरुका घरघरमा सहज र स्वच्छ खानेपानी वितरण गर्ने मेराे लक्ष्य रहेकाे बताउँदै सम्पुर्ण उपभोक्ताहरुलाई एक चाेटि लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारलाई जिताउन आग्रह गरे ।
खानेपानी उपभोक्त समितिका उपाध्यक्ष राजु दाहालले खानेपानी संस्थालाई सहज बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मत दिएर जिताउन सबै उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी, सचिव पदका उम्मेदवारी तामाङले पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । घरदैलो कार्यक्रममा लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु उत्साहजनक सहभागिता रहेको छ ।